
साताको पहिलो दिन नेप्से ६९ अकंले वृद्धि हुँदा कारोबारमा आएका २२७ मध्ये १९० कम्पनीको सेयरमूल्य बढेको छ । २७ कम्पनीको मूल्य घटेको आइतबारको बजारमा १० कम्पनीको भने स्थीर छ ।
नेप्से बढेपछि यसदिन कारोबारमा समेत छलाङ मारेको छ । गत बिहीबारको तुलनामा काराबार रकम ३ अर्बले बढेर ९ अर्ब ६७ करोड नाघेको छ । आज १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर १ लाख १ हजार ५८९ वटा संख्यामा किनबेच भएका छन् ।
सेयर बजारमा उछाल आउँदा तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । स्ट्याण्डर्ड चार्टड बैंक, मध्य भोटेकोशी जलविद्युत कम्पनी र किसान लघुवित्तको सेयरमूल्यमा सकारात्क सर्किट लागेको हो ।
त्यस्तै, हिमालयन डिस्टलरीको ८.९६ प्रतिशत, सिन्धु विकास बैंकको ८.७९ प्रतिशत, सिभिल बैंकको ७.६९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ७.६८ प्रतिशत र मन्जुश्री फाइनान्सको ७.६५ प्रतिशतले वृद्धि भएको हो । हिमालयन उर्जा विकास कम्पनी ७.३१ र ग्रामीण विकास लघुवित्तको सेयरको भाउ ७.०९ प्रतिशतले उकालो लागेको छ ।
| Symbol | LTP | Point Change | % Change |
| As of 2022-01-16 15:00:00 | |||
| SCB | 550.00 | 50.00 | 10.00 |
| MBJC | 417.10 | 37.90 | 9.99 |
| KLBSL | 1,681.00 | 152.00 | 9.94 |
| HDL | 4,888.00 | 402.00 | 8.96 |
| SINDU | 442.90 | 35.80 | 8.79 |
| CBL | 274.60 | 19.60 | 7.69 |
| AHPC | 539.50 | 38.50 | 7.68 |
| MFIL | 816.00 | 58.00 | 7.65 |
| HURJA | 514.00 | 35.00 | 7.31 |
| GBLBS | 1,116.90 | 73.90 | 7.09 |
नेप्से ६९ अकंले उकालो लाग्दा पनि २७ कम्पनीको सेयरमूल्य भने घटेको छ । आज एभरेष्ट इन्स्योरेन्स सर्वाधिक गुमाउनेको सूचीमा परेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ३.६२ प्रतिशतले घटेर ४३६.१० मा झरेको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंक डिबेञ्चर ३.५९ प्रतिशत, बोट्लस नेपाल तराई २.९७ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको २.५६ प्रतिशत, मैलुङ खोला जलविद्युतको २.३३ प्रतिशत, न्यादी हाइड्रोपावरको २.२७ प्रतिशतले घटेको हो । सनराइज डिबेञ्चर २०८३, प्रभु बैंक डिबञ्चर २०८६, माछापुच्छ्रे डिबेञ्चर २०८५ को मूल्य पनि २ प्रतिशतले घटेको छ ।
| Symbol | LTP | Point Change | % Change |
|---|---|---|---|
| As of 2022-01-16 15:00:00 | |||
| EICPO | 436.10 | -16.40 | -3.62 |
| GBD80/81 | 993.00 | -37.00 | -3.59 |
| BNT | 15,172.00 | -464.90 | -2.97 |
| MKLB | 1,559.00 | -41.00 | -2.56 |
| MKJC | 525.00 | -12.50 | -2.33 |
| NYADI | 470.10 | -10.90 | -2.27 |
| PBD85 | 940.80 | -19.20 | -2.00 |
| SRBLD83 | 1,004.50 | -20.50 | -2.00 |
| PBLD86 | 980.00 | -20.00 | -2.00 |
| MBLD2085 | 1,004.50 | -20.50 | -2.0 |
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै, अपि पावरको ३० करोड ४४ लाख, अपर तामाकोशी हाइड्रोपावरको २९ करोड ७४९ लाख, शिवम् सिमेन्ट्सको २६ करोड ३४ लाख, नेपाल इन्फ्रास्टम्चर डेभलपमेन्ट बैंक (निफ्रा) को २५ करोड ४१ लाख बढीको कारोबार भएको छ ।
एचआईडिसिएल २३.२१ करोड, नेपाल टेलिकम २१.६९ करोड, हिमालयन डिष्टिलरी २१.५५ करोड, ङादी ग्रुप पावर २०.५३ करोड र नबिल बैंकको २०.०२ करोडको सेयर कारोबार भएको छ ।
आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको छ । आज २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ पुगेको छ । गत बिहीबार ६ अर्ब ६६ करोड ९७ लाखको सेयर कारोबार भएकोमा आइतबार कारोबार रकम ३ अर्बले बढेको हो ।
धितोपत्रको बजार पूँजीकरण साढे ४१ खर्ब नजिक, आइतबारै करिब खर्ब बढ्यो
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया