अफगानी नागरिकको सहयोगार्थ महासंघद्वारा बन्दोबस्तीका सामग्री प्रदान

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिँदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ ।

महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत त्यसतर्फ पठाएको हो ।

महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री माननीय डा. नारायण खडकालाई हस्तान्तरण गरेका थिए ।

मन्त्रालयको आग्रहमा महासंघले करिब ८०० किलोग्राम बराबरको अत्यावश्यकीय भाडाकुँडा लगायत बन्दोवस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो । युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामाग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुदा जीवनयापन केहि सहज होस भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो ।

नेपालबाट सहयोग सामाग्री बोकेको जाहाज आइतबार अफगानिस्तानको राजधानी काबुल उडेको छ । मुुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधै अग्रभागमा रहेर सहयोग गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ माघ २०७८, आइतबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।