महालक्ष्मी विकास बैंकको साधारण सभा अदालतको अर्को आदेश नभएसम्मका लागि स्थगित

0
Shares

महालक्ष्मी विकास बैंकको माघ ३ गतेका लागि बोलाइएको २० औं वार्षिक साधारण सभा दोस्रो पटक पुनः स्थगित भएको छ ।

यसअघि पुस २५ गते गणपूरक संख्या नपुगेपछि स्थगित गरी माघ ३ गतेका लागि बोलाइएको थियो ।

तर उच्च अदालत पाटमा दायर रिटका सम्बन्धमा अन्तरिम छलफलका लागि माघ ३ गतेका लागिनै पेशी तोकिएको स्थितिमा वार्षिक साधारण सभा फेरि स्थगित भएको हो ।

बैंकले अदालतको अर्को आदेश नभएसम्मका लागि सभा स्थगित गरिएको जनाएको छ । बैंकको २० औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते कम्पनीसमेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए ।

सभामा बैंकको चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव छ । यस्तै संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन गराउने कार्यक्रम पनि सभामा रहेको छ ।

सभाले गत आर्थिक वर्ष २०७७।७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार  १३ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।