मल्टीपर्पस फाइनान्सले ७९ हजार १०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
फाइनान्सले सेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको उक्त सेयर बिक्रीका लागि निवेदन दिएपछि सोमबाार एक सूचना जारी गर्दै बिक्री खुला गरेको जानकारी दिएको हो ।
उक्त सेयरको भाउ भने तोकिएको छैन ।यसअनुसार आवेदकले अंकित मूल्य १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक मूल्यमा विद्यमान संस्थापक सेयरधनीहरुले निवेदन पेश गर्न सक्नेछन् ।
इच्छुक फाइनान्सका संस्थापकहरु सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रधान कार्यालय राजविराज–४, सप्तरीमा निवेदन दिन फाइनान्सले अनुरोध गरेको छ ।
सो समयमा विद्यमान संस्थापकहरुबाट सेयर खरीद गर्न आवेदन परेको खण्डमा अन्य व्याक्ति संघ संस्थालाई बिक्री गरिने फाइनान्सले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया