मेगा बैंक नेपाल लिमिटेडको बोनस सेयर र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मेगा बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र एक्सेल डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको ३० प्रतिशत बराबरको हकप्रद सेयर माघ ३ गते सोमबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।
स्टकका अनुसार मेगा बैंकको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ४६ लाख ५४ हजार ९६४ दशमलव ९५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस्तै एक्सेल डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर पनि आजै सूचीकृत भएको छ ।
सोमबार सूचीकृत भएको बोनस तथा हकप्रद दुबै कम्पनीको सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि उनीहरुले दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
मेगा बैंक (MEGA) को मंसिर २८ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.०७ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो । बैंकको बुकक्लोज अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र बैंकको उक्त बोनस सेयर पाउनेछन् ।
यस्तै एक्सेल डेलपमेन्ट बैंक (EDBL) ले असोज १५ देखि कार्तिक २९ गतेसम्म जारी गरेको उक्त हकप्रद सेयर मंसिर १६ गते बाँडफाँड गरिएको थियो । अवितरित २७ हजार २५७ कित्ता सेयर मंसिर २९ देखि पुस ८ गतेसम्म शिलबन्दी बोलपत्र खुला गरेर पुस १३ गते बाँडफाँड गरेको थियो । लिलामी सेयर ४५६.७८ रुपैयाँभन्दा बढी कबुल गर्नेले सकारेका थिए ।
हकप्रदको बुकक्लोज अनुसार बैंकको हकप्रद भदौ ३१ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताहरुबाट मात्र आवेदन लिइएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया