‘एनएमबि सरल बचत फन्ड–इ’ का इकाइहरु आजदेखि अनलाइनबाट खरिद बिक्री गर्न सकिने

0
Shares

‘एनएमबि सरल बचत फन्ड–इ’ का इकाइहरु मंगलबारदेखि अनलाइन प्रणाली मार्फत खरिदबिक्री गर्न सकिने भएको छ ।

फण्डको योजना व्यवस्थापक एनएमबि क्यापिटलले एक सूचना जारी गर्दै माघ ४ गतेदेखि उक्त खुलामुखी योजनाका इकाइहरु अनलाइन प्रणालीबाट खरिद बिक्री गर्न सकिने जानकारी दिएको हो ।

क्यापिटलका अनुसार शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो खुलामुखी योजनाका इकाइहरु कारोबार गर्न सकिनेछ ।

यसअघि एनएमबि क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयबाट मात्र खरिद बिक्री गर्न सकिने व्यवस्था रहेको थियो । पछिल्लो व्यवस्थासँगै अनलाइन प्रणाली मार्फत देश तथा विदेशमा बसेर समेत कारोबार गर्न सकिनेछ ।

अनलाइन प्रणालीमार्फत खरिद–बिक्री गर्नका लागि योजना व्यवस्थापकको वेबसाइटमा रहेको एनएमबि सरल बचत लगइनमा गई अथवा क्यूआर कोड मार्फत https://mutualfund.nmbcl.com.np:8445 मा गई आफूले चाहेको सेवा प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । कारोबार प्रकृया तथा अन्य जानकारी कम्पनीको वेबसाइट, युट्युब च्यानल तथा फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।

‘एनएमबि सरल बचत फन्ड–इ’ एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो । योजनाको कोष प्रबद्र्धकमा एनएमबि बैंक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १० : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।