रिब्रान्डिङमा दराजः नयाँ ब्रान्ड लोगो अनावरण

0
Shares

‘दराज’ ले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म ‘दराज’ ले सात वर्षपछि आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको हो ।

दक्षिण एसियाका ५ वटा बजार-पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा ई–कमर्सलाई मानिसहरुको दैनिक जीवनको मुख्य भाग बनाउने दराजको महत्वाकांक्षा यो नयाँ ब्रान्डको मुख्य चालकहरुमध्ये एक भएको कम्पनीले जनाएको छ ।

नयाँ ब्रान्डको सुरुआतले व्यवसायका लागि एक रोमाञ्चक पाइला सुरु भएको बताउँदै दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले भने, ‘विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ र हामी हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा, कसरी ग्राहकको अनुभवलाई उल्लेखनीय रुपमा वृद्धि गर्न व्यवसायका रुपमा गियरहरु परिवर्तन गर्दैछौँ भनेर देखाउनका लागि ब्रान्डको विकास गर्ने यो सही समय हो ।’

ब्रान्डको नयाँ रुप र अनुभूतिले अझै पनि हाम्रो डीएनए–प्रगति, नवीनता, अन्वेषण र आविष्कारको अंश रहेको तत्वहरुलाई प्रतिनिधित्व गर्ने र एकै समयमा यसले व्यक्तिगत अनुभवमा परिवर्तनको संकेत गर्ने कम्पनीले जनाएको छ । यसले दराजलाई उसको प्लेटफर्ममा खरिदकर्ता र बिक्रेता दुवैसँग अझ बढी कनेक्टिभिटी सिर्जना गर्न अनुमति दिने बताइएको छ ।

‘हामी यो महत्वाकांक्षा हासिल गर्न हामीले थप व्यक्तिगत अनुभवहरु सिर्जना गर्न, ग्राहक यात्राको प्रत्येक चरणमा गुणस्तरीय उत्पादन र सेवाहरु डेलिभर गर्ने सुनिश्चित गर्न र हाम्रा ग्राहकहरुका लागि मनोरञ्जन र संलग्नताका नयाँ अवसरहरु सिर्जना गर्न आवश्यक छ भनी बुझ्दछौं’, सीईओ मिक्केलसनले भने, ‘यो रिब्रान्डले हामीलाई यी महत्वपूर्ण क्षेत्रहरुमा हाम्रो प्रस्तावलाई माथि उठाउन र विकास गर्न मद्दत गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

रिब्रान्डका विभिन्न पक्षहरुमध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो हो । यो नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्दछ । जुन ई–कमर्स प्लेटफर्मले एसएमई विक्रेताहरुलाई ग्राहकहरुसँग भौतिक रुपमा कसरी जडान गर्दछ भन्ने प्रतीकात्मक छ । लोगोको केन्द्रमा एउटा तीर छ, जुन प्रगति र द्रुत डेलिभरीमा केन्द्रित छ। तर प्रयोगकर्ताका लागि थप गतिशील सामग्री अनुभव सिर्जना गर्न दराज कसरी निरन्तर नवप्रवर्तन गरिरहेको छ भन्ने प्रतीक ‘प्ले बटन’ जस्तै पनि देखिन्छ ।

आँचल कुँवर प्रबन्ध निर्देशक नियुक्त

दराज नेपालले रिब्रान्डिङका साथै आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने वित्तिकै आँचलले पदभार ग्रहण गर्नेछिन् ।

‘रिब्रान्डिङ र व्यवस्थापन परिवर्तनको साथ यो दराज नेपालमा नयाँ वर्षको नयाँ सुरुआत हो’, एमडी कुँवरले भनिन्, ‘वृद्धिको अर्को चरणमा हामी हाम्रा ग्राहक र साझेदारलाई नवीनता, ग्राहक अनुभव, र निजीकरणमा बलियो फोकसका साथ हाम्रो वाचा प्रदान गर्न हाम्रा मूल्यहरु निर्माण गर्न जारी राख्नेछौँ। हाम्रो उद्देश्य अपलिफ्टिङ कम्युनिटिस थ्रु द पावर अफ कमर्सलाई अँगालेर अघि बढ्नेछौं।’

ब्रान्ड रिफ्रेसको एक भागका रुपमा कम्पनीले आफ्ना सबै ब्रान्डलाई समग्र दराज ब्रान्डअन्तर्गत ग्राहकहरुको अनुभवलाई सरल बनाउनका लागि एकीकरण गर्दैछ। दराजले एउटा नयाँ वेबसाइट www.daraz.com  पनि सुरु गरेको छ। जसले नयाँ ब्रान्ड प्रदर्शन गर्छ र मानिसहरुलाई दराज को हो र यसको अर्थ के हो भनेर राम्रोसँग बुझाउँछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।