सुनको भाउमा सामाय वृद्धि, कतिमा हुँदैछ काराेबार ?

0
Shares

सुनको भाउ मंगलबार नेपाली बजारमा सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबारको तुदलनामा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढको हो । चाँदीको भाउ भने आज स्थीर रहेको छ ।

मंगलबारको लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ तोलाको १ हजार २५५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.८९ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।