प्रिमियर इन्स्योरेन्सको समायोजित सेयरमूल्य एक हजार एकसठ्ठी रुपैयाँ निर्धारण

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) को बोनस समायोजनपछि प्रतिकित्ता सेयरमूल्य १०६१.७१ रुपैयाँ निर्धारण भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरी उक्त मूल्य निर्धारण गरेको हो ।

मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १२१३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । सोही अन्तिम मूल्यमा बोनस समायोजन गरी मूल्य तोकिएको हो ।

कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।बुकक्लोजसँगै नेप्सेले कम्पनीको सेयरमूल्यमा बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो । अब बुधबार समायोजित सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार सुचारु हुनेछ ।

यसअनुसार माघ ४ गते (आज) सम्म सेयर खरीद गरी सेयरधनी कायम हुन आएका लगानीकर्ताहरुले मात्र १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५ प्रतिशत लाभांश पाउनेछन् । भोलिबाट सेयर खरीद गर्नेले भने लाभांश पाउँदैनन् ।

लाभांश पारित गर्न कम्पनीको माघ २१ गते साधारण सभा बोलाएको छ । सभाले लभांश बाहेक निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त इन्स्योरेन्ससँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।