विन लघुवित्तको राेक्का सेयर कारोबार आजदेखि सुचारू

0
Shares

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुरु हुने भएको छ ।

सेयर कारोबार रोक्का भएको एक वर्ष एक महिनापछि लघुवित्तको सेयर कारोबार सुचारु हुन लागेको हो ।

विन लघुवित्त (साविक नेपाल सेवा) को सेयर २०७७ पुस १ गतेदेखि लघुवित्तको सेयर कारोबार रोक्का रहेको थियो । दुई लघुवित्तले कार्तिक १५ गतेदेखि एकीकृत कारोबार थालेका थिए ।

दोस्रो बजारमा कारोबारका लागि कम्पनीले मंगलबार चुक्ता मूल्य १०० रूपैयाँ दरको ७ लाख २४ हजार ४६३ कित्ता सेयर धितोपत्र सूचीकृत गरेको थियो । उत्त, सेयर सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडबीच १ः०.७५ को अनुपातमा मर्जर सम्पन्न भएको हो । मर्जर पश्चात कायम हुन आएको सेयर विन लघुवित्तको नाममा कारोबार खुल्नेछ ।

मंगलबार सेयर सूचीकृत भएसँगै विन लघुवित्त (साविक नेपाल सेवा लघुवित्त) को रोक्का रहेको सेयर माघ ४ गते मंगलबारदेखि फुकुवा भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।