‘माइ पे’ वालेटबाट हवाई टिकट बुकिङ गर्दा एक हजारसम्म क्यासब्याक पाइने, ३ जनालाई अतिरिक्त १० प्रतिशत

0
Shares

डिजिटल वालेट ‘माइ पे’ ले आन्तरिक हवाई टिकट बुकिङ सेवा सुचारु गर्दै विभिन्न छुट अफर सार्वजनिक गरेको छ ।

डिजिटल माध्यमबाटै घरायसी भुक्तानी तथा अन्य दैनिक जीवनका लागि आवश्यक सेवाहरु उपलब्ध गराउने योजना सहित सेवा दिँदै आइरहेको कम्पनीले माइ पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजार रुपैयाँसम्म र ग्यारेन्टेड न्यूनतम ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने अफर ल्याएको हो ।

यस्तै यस सुविधा अन्तर्गत नेपाल भित्र कुनै पनि गन्तव्यका लागि टिकट बुकिङ्ग गर्ने ग्राहकलाई कम्पनीले हरेक दिन ३ जनालाई १० प्रतिशत अतिरिक्त क्यासब्याक समेत दिने जनाएको छ ।

हाल माइ पे वालेट मार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा ३ हजार सम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथै हरेक दिन माइ पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्राप्त गर्न सकिन्छ ।

वालेटका अनुसार यस क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको दाबी छ । यो योजना सीमित अवधिका लागि रहेको माइ पे ले जानकारी दिएको छ ।

उक्त क्यासब्याक प्राप्त गर्न ग्राहकहरुले माइ पे वालेट डाउनलोड गरी कारोबार गर्न सक्नेछन् । यसका साथै वालेट मार्फत अन्य जुनसुकै पहिलो भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक समेत प्राप्त गर्न सकिन्छ ।

डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको यस वालेट मार्फत ग्राहक महानुभावहरुले हवाई टिकट बुकिङसँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याक, केबल कारको टिकट बुकिङ र बस टिकट बुकिङका सुविधाहरु समेत दिँदै आएको छ ।

साथै एक बैंक खाताबाट अर्काे खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि वालेटमा रहेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।