
अमेरिकी बहुर्राष्ट्रिय सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले गेमिङ कम्पनी एक्टिभिजनलाई ८२ खर्ब ४४ अर्ब नेपाली रुपैयाँ (६८.७० बिलियन अमेरिकी डलर) मा खरीद गरेको छ ।
क्यान्डिक्रस, कल अफ ड्युटी जस्ता लोकप्रिय गेमहरु विकास गरी चर्चामा आएको उक्त एक्टिभिजन सन् २०१८ मा संसारकै उत्कृष्ट गेमिङ कम्पनी घोषणा भएको थियो ।
कुल ७६ खर्ब बजार पूँजीकरण भएको एक्टिभिजनको सेयर पछिल्लो समयमा ३७ प्रतिशतले घटिरहेको थियो । कम्पनी भित्र आएका अनेकन समस्याका कारण घटेको एक्टिभिजनको सेयर माइक्रोसफ्टले किन्ने भएपछि केही अङ्कले बढेको छ ।
एक्टिभिजनलाई किनेपछि माइक्रोसफ्ट टेन्सेन्ट र सोनीपछिको संसारको तेस्रो ठूलो गेमिङ कम्पनी कनेको छ भने अमेरिकाको पहिलो ठूलो कम्पनी बनेको छ ।
माइक्रोसफ्ट कर्पोरेशन एक अमेरिकी बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी हो । जसले कम्प्युटर सफ्टवेयर, उपभोक्ता इलेक्ट्रोनिक्स, व्यक्तिगत कम्प्युटर र यीनैसँग सम्बन्धित सेवाहरू उत्पादन गर्ने गर्दछ ।
केही समयअघि मात्र माइक्रोसफ्टले हवाइ इन्धन उत्पादन गर्ने संस्था लन्जाजेटमा पाँच करोड अमेरिकी डलर लगानी गर्ने जनाएको थियो । अमेरिकाको जोरज्या सहरको सोर्पटोनमा निर्माण हुन लागेको एक्त बायोटेक प्लान्टले प्रति वर्ष एक करोड ग्यालेन नवीकरणीय दिगो हवाइ इन्धन प्रयोग गर्ने बताइएको छ ।
माइक्रोसफ्टले हवाइ इन्धन उत्पादनमा पाँच करोड अमेरिकी डलर लगानी गर्ने
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया