नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा एक हजार र चाँदीको भाउ ३० रुपैयाँले बढेको छ ।
महासंका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य १ हजार ३१५ रुपैयाँ पुगेको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँ तोलामा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार सुन तोलामा १०० रुपैया रचाँदी ३० रुपैयाँले बढेर कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८३९ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २४.१६ डलर आसपासमा कारोबार भइरहेको छ । हिजो बुधबार अन्तर्राष्ट्रिय बजारमा सिुन प्रतिऔँस १ हजार ८१३ डलर र चाँदी प्रतिऔँस २३.४१ डलरमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया