९ लाख ९० हजार अवैध रकम सहित दुई पक्राउ

0
Shares

जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको  ९ लाख ९० हजारसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकम सहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबै जनालाई उक्त रकम र मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ माघ २०७८, शनिबार  १२ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।