एभरेष्ट इन्स्योरेन्स मर्जरमा जान तयार, लगानीका क्षेत्र थप गर्ने तयारीमा

0
Shares

एभरेष्ट इन्स्योरेन्स कम्पनीले उपयुक्त संस्थासँग गाभ्ने–गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिएको छ ।

बुधबार सम्पन्न कम्पनीको २४ औं वार्षिक साधारण सभाले उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिँदै समापन भएको छ।

सभाले कम्पनीको आर्थिक बर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा, नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा अनुमोदन गरेको छ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने काम समेत गरेको छ ।

साथै इन्स्योरेन्सले लगानीका क्षेत्र थप गर्ने जनाएको छ । जसका लागि नियमनकारी निकायबाट कुनै संशोधन वा परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारणसभाबाट अनुमोदन गराएको छ ।