गुडविल फाइनान्स लिमिटेड (GFCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा ५ करोड ५५ लाख नाफा कमाएको फाइनान्सको नाफा ४२.७१ प्रतिशत बढेको हो ।
चुक्ता पूँजी ९.१० प्रतिशत बढेर ९४ करोड ६१ लख १५ हजार रुपैयाँ पुगेको फाइनान्सको प्रतिसेयर आम्दानी ३.९४ रुपैयाँ बढेर १६.७४ रुपैयाँ पुगेको छ ।
अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्सको वितरण योग्य मुनाफा ८५ लाख २३ हजार रुपैयाँ छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले खुद ब्याज आम्दानी १३८।३५ प्रतिशतले बढाएर १९ करोड ५५ लाख आर्जन गरेको छ भने सञ्चालन मुनाफा भने ४२।२२ प्रतिशत बढेर ११ करोड १६ लाख पुगेको छ । खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै फाइनान्सको नाफामा आकर्षक बढोत्तरी आएको हो ।
पुस मसान्तसम्म फाइनानसले ३ करोड ६१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज व्यवस्था गरेको छ । गत आवको यसै अवधिमा ३ करोड ३६ लाख रुपैयाँ थियो ।
यो अवधिसम्म १० अर्ब ३१ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ७ करोड ५७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा फाइनान्सको निक्षेप ३.०२ प्रतिशत र कर्जा ८.६५ प्रतिशतले बढेको हो । फाइनान्सको जगेडा कोष ७.०२ प्रतिशत बढेर ९६ करोड ८४ लाख पुगेको छ ।
फाइनान्सको खराब कर्जा अनुपात बढेर ३.७१ पुग्दा प्रतिसेयर नेटवर्थ २०२.३६ रुपैयाँ, कस्ट अफ फण्ड ८.३४ प्रतिशत, सिडी रेसियो ८७.५९ प्रतिशत आधार दर १०.१९ र स्प्रेडदर ३.८९ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया