
कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) ले चालू आवको दोस्रो त्रैमाससम्म ३० लाख ९९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा १ करोड २७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफामा ७५ प्रतिशत कमी आएको हो ।
बैंकको खुद ब्याज आम्दानी ४२ प्रतिशत वृद्धि भएर १ करोड ९० लाख र सञ्चालन नाफा घटेर ४० लाख ८३ हजारमा सीमित भएको छ ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी १.५१ रुपैयाँमा झरेको छ । गत आवमा ३०.८६ इपिएस थियो । बैंकको जगेडा कोषमा १४ करोड १६ लाख ३४ हजार र रिटेन्ड अर्निङमा ४ करोड ७७ लाख सञ्चित छ ।
चुक्ता पूँजी ४१ करोड रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.१९ रुपैयाँ र खराब कर्जा अनुपात ३.६६ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड ७.६१ प्रतिशत, आधारदर ११.७७ प्रतिशत, र स्प्रेडदर ४.८७ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया