तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब वित्तीय बजारमा पठाउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले आज वित्तीय बजारमा थप २० अर्ब रुपैयाँ पठाउँदैछ । तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले रिपो मार्फत उक्त रकम बैकिङ प्रणालीमा पठाउन लागेको हो ।

अन्तर बैंक कारोबारको ब्याजदर सिमा भन्दा माथि पुगेपछि केन्द्रिय बैंकले रिपो जारी गर्न लागेको हो । ७ दिनका लागि निष्कासन हुन लागेको रिपो असोज ९ गते परिपक्व हुने छ । रिपोको ब्याजदर ४.५ प्रतिशत तोकिएको छ ।

रिपो बिहीबार अपरान्ह ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन्।

केन्द्रीय बैंकले खुला बजार र ब्याजदर करिडोर उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन गरिरहेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव भएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।