शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा मंगलबारदेखि पुनः कोभिड-१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
अस्पातलमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोभिड-१९ संक्रमण देखिएपछि आज (सोमबार) देखि एक साताका लागि स्थगित भएको थियो ।
काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि मंगलबारदेखि पुनः उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।
भोलि मंगलबार १० बजेबाट पुनः कोभिड १९ विरूद्धको खोप अभियान नियमित सञ्चालन हुने अस्पातलले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया