श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफा घट्यो, ४.६२ करोड आर्जन

0
Shares


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड (SIFC) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा घटेर ४ करोड ६२ लाख मात्र खुद नाफा कमाएको छ ।

फाइनान्स कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवमा ५ करोड ९१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीको नाफा २१.९० प्रतिशत घटेको हो ।

चुक्ता पूँजी ९५ करोड ८६ लाख कायम गरेको कम्पनीको प्रतिसेयर आम्दानी घटेर ९.४० रुपैयाँमा झरेको छ । जगेडा कोष रकम २९ करोड ४३ लाखभन्दा बढी र रिटेन्ड अर्निङ ३ करोड २८ लाखभन्दा बढी सञ्चित रहेपछि प्रतिसेयर नेटवर्थ १३४.१२ रुपैयाँ पुगेको छ ।

पुससम्म ६ अर्ब ८ करोड ७३ लाख निक्षेप संकलन गरेको कम्पनीले ४ अर्ब ९८ करोड ३७ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी रुपैयाँ र सञ्चालन नाफा ६ करोड ६० लाख छ ।

निष्क्रिय कर्जा अनुपात ०.८५ प्रतिशत, मूल्य आम्दानी अनुपात ५२.८० गुणा, कस्ट अफ फण्ड ७.६१ र आधार दर १०.४२ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० माघ २०७८, सोमबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।