छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुल्यो

0
Shares

छ्याङ्दी हाइड्रोपावर (CHL) ले माघ ११ गतेदेखि १० कित्ता सेयर बराबर ३ कित्ता अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशन गरेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले गत पुस २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लमजुङ्गका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

कम्पनीको २०७७ पुस २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम कम्पनीले हकप्रद निष्काशन गरेको हाे ।

हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद सेयर निष्काशनपछि ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७८, मंगलबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।