ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (JLI) ले बोनस सेयर वितरण तथा साधारण प्रयोजनार्थ सेयर दाखिला खारेज (बुकक्लोज) मिति तोकेको छ ।
कम्पनीले फागुन ६ गते आह्वान गरेको चौथौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ २४ गते सोमबार एक दिनका लागि बु्कक्लोज गर्ने निर्णय गरेको हो ।
बुकक्लोजको मिति अनुसार माघ २३ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीको उक्त सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
कम्पनीको माघ १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले फागुन ६ गते शुक्रबार वाटर फ्रन्ट रिसोर्ट लेकसाइड पोखरामा कम्पनीको चौथौ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया