नागरिक लगानी कोषले संचालनमा ल्यायो नागरिक बचत वृद्धि कार्यक्रम

0
Shares

नागरिक लगानी कोषले पेन्सन योजनामा रुपान्तरण गर्ने प्रावधान सहितको नागरिक बचत बृद्धि कार्यक्रम सार्वजनिक गरेको छ ।

कोषका विद्यमान योजनाहरुले नसमेटिएका क्षेत्र तथा समुदायलाई लक्षित गरी सर्वसाधरणलाई कोषको कार्यक्रममा आवद्धता गराउन सहभागितामूलक बचत कार्यक्रम संचालन गर्न नयाँ योजना ल्याएको कोषले जनाएको छ ।

सर्वसाधरणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले नागरिक बचत वृद्धि कार्यक्रम ल्याएको कोषले जनाएको छ । जसमा निश्चित अवधि पछि पेन्सन योजनामा रुपान्तर गर्ने ऐच्छिक सुविधा यस कार्यक्रममा समाबेश गरिएको कोषको भनाई छ ।

यस कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आय आर्जन गर्ने आम नागरिकलाई समेटने छ । कोषले हाल कर्मचारी बचत वृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना लगायतका विभिन्न बीमा कोषहरु समेत गरी कुल ११ ओटा योजनाहरु प्रभावकारी रुपमा व्यवस्थापन गर्दै आइरहेको छ ।