आइएमएफले युक्रेनी केन्द्रीय बैंकको मौद्रिक नीतिलाई समर्थन गर्ने

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनी केन्द्रीय बैंकको मौद्रिक नीतिलाई समर्थन गर्ने भएको छ ।

विश्वव्यापी रुपमा मुद्रास्फीति दर बढिरहँदा युक्रेन पनि मुद्रास्फिीतिको चपेटामा परेको छ । बढ्दो मूल्य वृद्धिलाई कम गर्ने उद्देश्यले युक्रेनी केन्द्र बैंकले औसत ब्याजदर ९ प्रतिशतबाट वृद्धि गरी १० प्रतिशत बनाएको थियो । छिमेकी राष्ट्र रुससँगको द्धन्दले चर्को रुप लिएपछि युक्रेनको अर्थतन्त्रमा थप समस्या उत्पन्न भएको छ।

मुद्रास्फिीति कम गर्न युक्रेनले चालेका कदमहरु प्रति आइएमएफ सकरात्मक रहेको र आवश्यक परे सहयोग गर्ने आइएमएफका युक्रेनी प्रतिनिधि भहराम स्टेफ्यानले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार  १७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।