महिला लघुवित्तको EPS १११ रुपैयाँ, ५० प्रतिशतले बढ्यो नाफा

0
Shares

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL)  को वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११०.९७ रुपैयाँ पुगेको छ ।

लघुवित्त कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को दोसो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तको नाफा ५०.५० प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ४३ लाख ७८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड १७ लाख ६० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको भने संस्थाको प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा रहेको छ । गत आवको यसै अवधिमा ६ करोड चुक्ता पूँजी तथा जगेडा कोषमा १८ करोड २४ लाख ७ हजार सञ्चित थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी ६०.४० प्रतिशतले बढेर १४ करोड ४९ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा खुद व्याज आम्दानी ९ करोड ८६ लाख ३७ हजार रूपैयाँ थियो ।

सम्भावित कर्जा जोखिम व्यवस्था बापतको प्रोभिजन बढढेसँगै संस्थाको सञ्चालन मुनाफा भने घटेर ३ करोड ८१ लाख २ हजार रूपैयाँमा खुम्चिएको छ । गत वर्ष ६ करोड ५२ लाख १७ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो । सम्भावित कर्जा जोखिम व्यवस्था बापत ८ करोड ३ लाख प्रोभिजन गरेको कम्पनीले ९ करोड १५ लाख राइटब्याक गरेसँगै नाफा बढेको हो ।

दोस्राे त्रैमाससम्म आइपुग्दा कम्पनीके खराब कर्जा अनुपात बढेर २.८४ प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड करिब दोब्बर बढेर ११.२३ प्रतिशत पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।