रू रू जलविद्युत् परियोजना लिमिटेडको बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ ।
कम्पनीको गत असोज १६ गते सम्पन्न साधारण सभाले पारित गरेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
उक्त बोनस सेयर माघ ९ गते नेप्सेमा सूचीकृत भएको थियो । सेयर सूचीकृत भएसँगै उत्तः बोनस धितोपत्र दोस्रो बजारमा कारोबारका लागि योग्य भैसकेको छ ।
सो बोनस साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजको अघिले कारोबार दिन अर्थात असोज ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । उक्त मितिपश्चात सेयर अभौतिकीकरण गर्ने सेयरधनीको हकमा भने क्रमशः हितग्राही खातामै बोनस जम्मा जाने कम्पनीले जनाको छ ।
यस्तै कम्पनीले हालसम्म सेयर अभौतिकीकरण नगराएकाहरुलाई यथाशीघ्र डिम्याट गराई आफ्नो बोनस लिन आग्रह गरेको छ ।
दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६।७७ का लागि चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७७।७८ को लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया