बिस्कुट आकारमा रहेको सुन जस्तो देखिने १ किलो धातु सहित एक पक्राउ

0
Shares

नेपाल प्रहरीले १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन जस्तो देखिने धातु सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट उक्त परिणमको सुन जसतो धातु सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार रहेका छन् । प्रहरीले सुनारलाई शनीबार राथि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार  १८ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।