सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा कायम गरिएको सुन चाँदीको मूल्य माघ महिना कै सस्तो रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आइतबारको तुलनामा सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेको छ । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९२ हजार २०० रुपैंयाँ र तेजावी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २४० रुपैयाँ कामय भएको छ ।
आइतबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया