स्वरोजगार लघुवित्तको पूँजी वृद्धिको अनुपातमा EPS मा सन्तुलन

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) को चुक्ता पूँजी ४०.४९ प्रतिशतले बढ्दा पनि लघुवित्तले सोही अनुपातमा नाफा बढाउँदा प्रतिसेयर आम्दानीमा सामान्य मात्र संकुचन आएको छ ।

सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले ९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ३६.२४ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी ४०.४९ प्रतिशत बढेपछि ५१ करोड ४० लाख ९९ हजार पुगेको छ भने प्रतिसेयर आम्दानी १.०९ रुपैयाँ घटेर ३५.०८ रुपैयाँ छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २ अर्ब ९१ करोड १० लाख निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ५२ करोड ८४ लाख सापटी लिएर ७ अर्ब ६ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ४.७५ प्रतिशत, निक्षेप संकलन ३०.७९ प्रतिशत, सापटी ७९.६९ प्रतिशत र कर्जा लगानी ४८.०८ प्रतिशत र खुद ब्याज आम्दानी ५७.१२ प्रतिशतले बढेको छ ।

वित्तीय विवरण अनुसार लघुवित्तले २१ करोड ३३ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १२ करोड ७४ लाख १९ हजार सञ्चालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । गत आवको यसै अवधिमा सञ्चालन मुनाफा १० करोड ६७ लाख ऋणात्मक थियो ।

लघुवित्तको खराब कर्जा अनुपात केही बढेर २.९२ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै लघुवित्तले सम्भावित जोखिम बापत १ करोड ८६ लाख रुपैयाँ छुट्याएको छ ।

यस अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३५.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.४६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ माघ २०७८, सोमबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।