मानुषी लघुवित्त वित्तीय संस्था (MSLB) ले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खराब कर्जामा आकर्षक सुधार गरेको छ ।
लघुवित्तको गत आवको यसै अवधिमा खराब कर्जा अनुपात १३.०३ प्रतिशत रहेको थियो । चालू आवको सोही अवधिमा घटेर ३.६९ प्रतिशतमा सुधार भएको छ ।
खराब कर्जा घटेसँगै लघुवित्तको सम्भावित जोखिम बापतको व्यवस्थाको रकम पनि घटेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापत ८ लाख ९६ हजार छुट्याएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा २ करोड ९ लाख छुट्याएको थियो ।
यस्तै यस अवधिमा लघुवित्त गत आवको दोस्रो त्रैमाससम्ममा ४६ लाख ५५ हजार नोक्सानीमा रहेकोमा चालु आवको यहि अवधिमा १ करोड ५१ लाखभन्दा बढी नाफा कमाउन सफल भएको छ ।
चुक्ता पूँजी १० करोड ९३ लाख रहेको कम्पनीको प्रतिसेयर आम्दानी २७.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४३.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५७.८३ गुणा छ । कम्पनीको जगेडा कोषमा ४ करोड ८१ लाख रुपैयाँ सञ्चित छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ४९ करोड २३ लाख सापटी तथा सदस्यहरुबाट ७१ करोड ३ लाख निक्षेप संकलन गरेर १ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
वित्तीय विवरण अनुसार लघुवित्तले ४ करोड ९४ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २ करोड ४० लाख २० हजार सञ्चालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । गत आवको यसै अवधिमा खुद ब्याज आम्दानी ३ करोड ८३ लाख तथा सञ्चालन मुनाफा ४६ लाख ५५ हजार रुपैयाँ ऋणात्मक थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया