साताको अन्तिम कारोबार दिन ५४ अंकको उतार चढावका बीच बिहीबार साढे १४ अंकको गिरावट सहित सेयर बजार बन्द भएको छ ।
कारोबारको ७ मिनेमा नै इन्ट्रा डे कारोबारमा २९२५.०५ सम्म बढेको नेप्से त्यसपछि सम्हालीन नसक्दा साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको हो ।
स्टकका अनुसार आज १४.६० अंकले घटेर नेप्से २८७६.७४ अंकमा झरेको छ । यसदिन २२४ कम्पनीका १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर १ लाख ८ हजार ३६५ वटा कारोबारबाट कुल ८ अर्ब ६१ करोड २१ लख ७४ हजार १६२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
यसदिन १५० कम्पनीको कारोबार घट्यो भने ६० कम्पनीको मूल्य मात्र बढेको छ । यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये जलविद्युत र निर्जीवन बीमा बाहेक सबै ११ वटै घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.३३ प्रतिशतले घट्दा होटल, विकास बैंक, उत्पादन र जीवन बीमाको सूचक पनि १ प्रतिशत बढीले घटेको छ ।
मर्जरबाट भर्खरै दोस्रो बजारमा कारोबार खुलेको र कम पूँजी भएको विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । कमजोर वित्तीय अवस्था अर्थात प्रतिसेयर आम्दानी २९ रुपैयाँ ऋणात्मक रहेपनि कारोबारीहरुको तीव्र चलखेका कारण कम्पनीको सेयरमूल्य लगातार ९ कराोबार दिन बढिसकेको छ ।

बुद्धभूमी हाइड्रोपावरको ९.७० प्रतिशत, साहस उर्जा ६.०६, अरुणभ्याली हाइड्रोको ५.३३ प्रतिशत, मैलुङ्ग खोला जलविद्युत कम्पनीको ४.२५ प्रतिशत, न्यादी हाइड्रोपावर ४.१३ प्रतिशत, तेह्रथुम पावर ३.९३ प्रतिशत र सिनर्जी पावरको सेयरमूल्य ३.३६ प्रतिशतले बढेको छ ।
उता आजको बजारबाट एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरका लगानीकर्ताले सर्वाधिक साढे ३ प्रतिशतका दरले गुमाउँदा आरएमडिसी लघुवित्त, पोखरा फाइनान्स, गोर्खाज फाइनान्सको लगानीकर्ताले ३ प्रतिशत बढीले गुमाएका छन् । लुम्बिनी जनरल, समीट लघुवित्त, फरवार्ड लघुवित्त र समृद्धि फाइनान्सको सेयरमूल्य पनि करिब ३ प्रतिशतका दरले नै घटेको छ ।
कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावरको १३ लाख ८४ हजार कित्ता सेयर ८२.७० करोड रुपैयाँमा कारोबार हुँदै शीर्ष स्थानमा रहेको छ । यस्तै अपी पावर ५२.५०, शिखर इन्स्योरेन्स २६.८०, नेसनल हाइड्रोपावर २४.८२ करोड र एचआईडिसीएलको २४.३७ करोडको सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा अरुण कोबली पावर, अपर तामाकोशी, नेपाल लाइफ इन्स्योरेन्स र निफ्रा, र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शीर्ष दश ठूलो कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया