ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (JLI) को १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार (माघ २३ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ २४ गते सोमबारदेखि सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले फागुन ६ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
सम्बन्धीत थप समाचार:-
- ज्योति लाइफको लाभांश परिमार्जन, नगदमा भन्दा बोनसमा जोड
- ज्योति लाइफ इन्स्योरेन्सको बोनसको बुकक्लोज
- ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १३ करोड धेरै, दाबी भुक्तानी ३८०% बढ्याे
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया