रिडी हाइड्रोपावरकाे खुद नाफा ४७ करोड नजिक १, EPS १६० रुपैयाँ

3
Shares

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ९८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा कम्पनीले १ करोड ९३ लाख ८१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

कम्पनीले कमाएको यो नाफा गत आवको यसै अवधिको तुलनामा २३२४.३५ प्रतिशत धेरै हो ।

कम्पनीले रैराङ हाइड्रोपावरको सेयर बिक्री गरेर अन्य आम्दानीबाट ६० करोड ८ लाख ८२ हजार नाफा कमाएपछि कम्पनीको नाफा उच्च बढेको हो ।

चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर १६०.४८ रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको जगेडा कोष पनि २० करोड ४२ लाखबाट बढेर ४७ करोड १ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८०.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५.२२ प्रतिशत रहेको छ ।

कम्पनीले पुससम्म विद्युत बिक्रीबाट ३ करोड ८ लाख तथा बुटवल सोलारबाट ४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ३ करोड ९ लाख २२ हजार तथा बुटवल सोलारबाट १ करोड ५७ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच मर्जर सम्झौतापछि दुबै कम्पनीको हाल धितोपत्रको दोस्रो बजारमा कारोबार भने रोक्का रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ माघ २०७८, सोमबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।