विदेशी विनिमय सञ्चिति १७ प्रतिशतले घट्यो, साढे ६ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न पर्याप्त


चालु आर्थिक वर्षको पुसम्ममा विदेशी विनिमय सञ्चिति करिब १७ प्रतिशतले घटेको छ । पुसमसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेििक डलरमा सिमित भएको हो ।

पछिल्लो समयमा उच्च आयातका कारण विदेशी विदेशी विनियम सञ्चिति निरन्तर घट्दो क्रममा रहेको छ । २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले घटेर २०७८ पुस मसान्तमा ११६५ अर्ब ८० करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड कायम भएको छ । यो सञ्चितिले ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पछिल्लो ६ महिनाको आयातलाई आधार विदेशी विनियमय सञ्चितिले धान्ने आयातलाई प्रक्षेपण गेको हो ।
२०७८ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ५४.८ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसंग २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई १०१५ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आई १५० अर्ब २१ करोड कायम भएको छ । २०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।