विदेशी सञ्चिति घट्ने क्रम बढेपछि राष्ट्र बैंकद्धारा थप ४७ वस्तुको आयातमा कडाई


नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुहरुको आयातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले उच्च आयातका कारण विदेशी सञ्चितिमा आएको उक्त्त गिरावलाई कम गर्न उक्त वस्तुहरुको आयातमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै थप ४७ वस्तुहरुको आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । यसरी आयात गरेका वस्तुमा ल्वाङ, मिठाई, फर्निचरका सामान तथा सौन्दर्य साधनमा प्रयोग हुने वस्तु छन् । यस्तै तयारी भएको मासु तथा माछा, यसरी आयात हुने वस्तुमा अब आयातकर्ताले शतप्रतिशत मार्जिन राखेपछि मात्र आयात गर्न पाउनेछन् । यसअघि नै राष्ट्र बैंकले आयातमा कडाइ गरेको गर्दै गाडी लगायतका वस्तुमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकका अनुसार उल्लिखित मार्जिन रकम नगदका अतिरिक्त चल्ती/बचत/ कल निक्षेप खर्च गरी वा भुक्तानीका माध्यम प्रयोग गरी समेत जम्मा गर्न सकिनेछ । यसरी राखिएको मार्जिन रकममा ब्याज प्रदान गर्न पाइने छैन । मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि कर्जा प्रवाह स्वदेशी मुद्रामा समेत गर्न नपाइने उल्लख छ । यस्तो मार्जिन रकम कायम गरेको हकमा धरौटीको अतिरिक्त हुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरी ती वस्तुहरु प्रतीतपत्र मार्फत मात्र आयात गर्न पाइनेछ । यी वस्तुहरुको आयातका लागि अग्रिम भुक्रानी गर्न पाइने छैन । मार्जिन रकम प्रतीतपत्र खोल्दा कै अवस्थामा लिनुपर्नेछ  र आयातको भुक्तानी गर्दा त्यस्तो मार्जिन रकमलाइ समेत प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । नेपाल सरकारका निकाय, कुटनीतिक नियोग र अस्पतालहरुले गर्ने आयातमा तथा वाणिज्य बैंकहरुले सुन आयात तथा बिक्री वितरण सम्बन्धि कार्याविधि २०६८ बमोजिम गर्ने सुनको हकमा यो व्यवस्था लागू नहुने समेत राष्ट्र बैंकले जारी निर्देशनमा उल्लेख छ ।

उद्योगहरुले आफ्नै प्रयोजनका लागि उद्योग स्वयंमले आयात गर्ने कच्चा पदार्थको हकमा यो व्यवस्था लागू हुने छैन । औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा पनि यो व्यवस्था लागू हुने छैन । यस सम्बन्धमा आयातकर्ताबाट सोको स्वः घोषणा अनिवार्य संलग्न हुनुपर्नेछ ।

त्यसैगरी सुरुवा २० हर्मोनिक कोड भएका वस्तुहरुको हकमा उक्त वस्तुहरु आयातसम्बन्धी प्रक्रियाका लागि मिति २०७८/०९/०५ वा सो अगावै प्रतितपत्र, बैंक जमानत, स्ट्यण्डबाई लेटर अफ क्रेडिट, ड्राफट/टी.टी लगायतका उपकरणहरु जारी भैसकेको अवस्थामा यो व्यवस्था लागू हुने छैन । त्यसैगरी बाँकी रहेका २७ बस्तुहरुमा सम्मकाे हार्मोनिक कोड भएका वस्तुहरुको हकमा उक्त वस्तुहरु आयातसम्बन्धी प्रक्रियाका लागि मिति २०७८ माघ २६ वा सो अगावै प्रतीपत्र, बैंक जमानत, स्ट्याण्ड वाइ लेटर अफ क्रेडिट, ड्राफ्ट/टीटी लगायतका उपकरणहरु जारी भैसकेको अवस्था यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।