साताको पहिलो कारोबार दिन नेप्सेमा पहिरो गरेको छ । प्रि ओपनिङ्गमा नै १७ अंकले घटेको नेप्से ६ मिनेटमा नै ८० अंकले घटेको थियो । पौने घण्टा अवधिमा केही सुधार भएर ६४ अंकले नेप्से घटेको छ ।
कारोबारमा आएका पौने घण्टासम्म सनराइज फस्ट म्युचुअल फण्ड बाहेक सबै १८६ कम्पनीको मूल्य घटेको छ । यस अवधिमा २१३ कम्पनीका ३३ लाख ४८ हजार कित्ता सेयर १ अर्ब ७४ करोड ६५ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् ।
११ः४५ बजेसम्म अपर तामाकोशीको सेयरमूल्य घटेर सर्वाधिक १३ करोड ४५ लाख रुपैयाँको सेयर खरीद बिक्री भएको छ भने सेयरमूल्य ६.६७ प्रतिशत घटेर ६५८ रुपैयाँमा झरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया