आयोजना प्रभावितका लागि ग्रीन भेन्चर्सको साधारण शेयर निष्काशन सुरु


ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आयोजना प्रभावितहरुका लागि साधारण शेयर निष्काशन सुरु गरेको छ ।

प्रतिशेयर १०० अंकित मूल्यमा ३१ लाख २५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावितहरुका लागि निष्काशन गरिएको कम्पनीले जनाएको छ ।

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १, २ र उमाकुण्ड गाउँपालिका ७ का स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि शेयर निष्काशन गरेको हो ।

निष्काशित शेयरमा माग आएको खण्डमा छिटोमा फागुन १६ गते निष्काशन बन्द हुने र माग नआएको खण्डमा चैत १ गते निष्काशन बन्द हुने कम्पनीले जनाएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको कम्पनीको शेयरमा माथि उल्लेखित स्थानका बासिन्दाले लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार शाखा, आयोजना स्थलमा रहेको कम्पनीको कार्यालय, मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखाबाट आवेदन दिन सक्नेछन्न् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र बढीमा ५० हजार कित्ता शेयर माग गर्दै आवेदन दिन सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।