छ्याङ्दी हाइड्रोपावरले केही समय अघि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हाइड्रोपावरले माघ ११ गतेबाट १० कित्ता सेयर बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको थियो ।

हकप्रद निष्काशनका लागि कम्पनीले गत पुस २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको २०७७ पुस २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही बमोजिम कम्पनीले हकप्रद निष्काशन गरेको हो । हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद सेयर निष्काशनपछि ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया