युएई र इन्डोनेसियाबीचको व्यापार तथा लगानी सम्झौता अन्तिम चरणमा

0
Shares

लामो समयको वार्तापछि संयुक्त अरब इमिरेट्स (युएई) र इन्डोनेसियाबीचको व्यापार तथा लगानी सम्झौता अन्तिम चरणमा पुगेको छ । सन् २०२२ को मार्चमा दुई पक्षका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । यूएई र इन्डोनेसियाले गत सेप्टेम्बरमा दुई राष्ट्रहरू बीच व्यापारीक ट्यारिफ हटाउन र लगानी बढाउनको लागि व्यापक आर्थिक साझेदारी सम्झौता (सीइपीए) को लागि वार्ता गरेका थिए ।

युएईका विदेश व्यापार राज्यमन्त्री थानी अल जेउदीले युएई र इन्डोनेसियाबीचको व्यापार तथा लगानी सम्झौतालाई लिएर – “दुई पक्ष सम्झौताको नजिक छौँ र अर्को महिनामा हस्ताक्षर गरी यथाशीग्र सम्झौता पारित गर्ने छौँ ।” जेउदी भने । त्यसै गरी, इन्डोनेसियाका व्यापार मन्त्रालयका एक वरिष्ठ अधिकारी जेत्मीको ब्रिस विट्जाक्सोनोले पनि दुवै पक्षले सम्झौतालाई अन्तिम रूप दिने काम गरिरहेको र मार्च महिनामा सम्झौतामा हस्ताक्षर हुन सक्ने बताए ।

यूएईले सम्भावित व्यापार सम्झौताहरूको खोजी गरिरहेका धेरै देशहरूमध्ये इन्डोनेसिया पनि एक हो । इन्डोनेसियाका साथसाथै युएईले केन्या, रवान्डा र तान्जानियासँग पनि व्यापार सम्झौता गर्ने गरी अध्ययन अघि बढाएको जनाए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।