बलेफी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

0
Shares

बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा सोमबार बेलुका साँझ पाँच बजेसम्ममा १ करोड ०५ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ५ हजार ९० कित्ता सेयरका लागि माग आवेदन परेको छ ।

कम्पनीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत माघ २७ गतेदेखि जारी गरेको आईपीओमा माघ २ गते सोमबार साँझ ५ सम्म १ लाख ५ हजार ९० कित्ता सेयर खरीदका लागि आवेदन परेको हो ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार ५५० वटा आवेदन मार्फत १ लाख ५ हजार ९० कित्ता सेयर सेयरको आवेदन परेको हो ।

जसमध्ये आयोजनाबाट अति प्रभावित बासिन्दाबाट १४३ जनाबाट ३१ हजार ६०० कित्ता र आयोजना निर्माणाधीन अन्य ४०७ जिल्लाबासीहरुबाट ७३ हजार ४९० कित्ता सेयर खरीदको माग परेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो ।

कुल निष्कासित कित्तामध्ये वातावरण मूल्याङ्कन प्रतिवेदन बमोजिम सिन्धुपाल्चोको आयोजना प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. २, ३ र ४ का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नं. ७ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ ।
स्थानीय बासिन्दाले आईपीओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा) बाट आवेदन दिन सकिनेछ ।

आईपीओका निष्कासन छिटोमा फागुन १२ गते बन्द हुनेछ भने उक्त अवधिभित्र सबै सेयर खरीदको माग नपरेमा फागुन २७ गते बैंकिङ समयसम्म आवेदन समय लम्बिनेछ ।

कम्पनीले आयोजना प्रभावितलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरकै आईपीओ जारी गर्नेछ

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत माघ ९ गते यो आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  ०९ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।