ज्योति विकास बैंक र नेपाल ल्यूव आयलको बोनस सेयर फागुन २ गते सोमबार सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार ज्योति विकास बैंकको चुक्ता पूँजीको ११ प्रतिशतले हुन आउने ४२ लाख २९ हजार ३०५ दशमलव ०६ कित्ता र नेपाल ल्यूव आयलको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ९० हजार ५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
ज्योति विकास बैंकको पुस २३ गते साधारण सभाले चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश पारित गरेको थियो । यस्तै नेपाल ल्यूव आयलको असोज १८ गते बसेको वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांश पारित थियो ।
नेप्सेमा नेपाल ल्यूव आयलले तथा ज्योति विकास बैंकले आव २०७७।७८ बाट प्रस्ताव गरिएको बोनस सेयर सूचीकृत भएको हो । नेपाल ल्यूव आयलले असोज ५ गते मंगलबार तथा ज्योति विकास बैंकले पुस ९ गते शुक्रबार बुकक्लोज गरेका थिए । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया