महालक्ष्मी बैंकका ग्राहकलाई होटल दियालोमा छुट

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) का ग्राहकहरुले होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् ।

महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेस प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । यो सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।