ग्रीन भेन्चर्सको आईपीओ संकलन केन्द्र थप, कति पर्यो आवेदन ?

0
Shares

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने संकलन केन्द्र थपिएको छ ।

फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको कम्पनीले आयोजना स्थल तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने भएको हो ।

यसअघि कम्पनीको आईपीओमा यसअघि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौं, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सकिने व्यवस्था थियो ।

कति पर्यो आवेदन ?

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको आईपीओमा मंगलबार बिहान १० बजेसम्म कम्पनीको सेयर खरीदका लागि सि आश्वाबाट प्रणाली मार्फत ५९ वटा आवेदन मार्फत १७ हजार १८० कित्ता खरीदका लागि माग आवेदन परेको छ ।
कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात प्रतिसेयर १०० रुपैयाँ दरका ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गा.विस), लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), लिखु तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गा.वि.स, रामेछाप), लिखु तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस रामेछाप) र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस रामेछाप) का बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  १२ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।