बुद्ध एयरले पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान भर्दै

0
Shares

निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखराबाट सिधै जनकपुर धनगढी उडान भर्ने भएको छ।

कम्पनीका अनुसार आगामी मार्च १ देखि दुई थप प्रादेशिक गन्तव्यमा उडान भर्न लागिएको हो।

कम्पनीका अनुसार सातामा सोमबार, बिहीबार र शनिबार गरी तीन उडान जनकपुरमा हुनेछ भने धनगढीमा आइतबार, बुधबार र शुक्रबार गरी तीन उडान हुनेछ।

यसअघि नै बुद्धले पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्जमा उडान गरिरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।