इमर्जिङ नेपालको आईपीओ नतिजा कहाँबाट हेर्ने ?

0
Shares

इमर्जिङ्ग नेपालकोे आईपीओ बुधबार बाँडफाँड भएको छ ।

आईपीओमा आवेदन गरेर योग्य रहेकामध्येबाट धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बुधबार गरिएको बाँडफाँडमा भाग्यमानी ५१ हजार ६६२ जनाले गोलाप्रथाबाट १० कित्ता तथा ८ जनाले गोलाप्रथाबाट ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार दोहोरो आवेदन गरेका कुल २३ लाख ३१ हजार २५८ वटा आवेदन मध्ये २ हजार ५५२ वटा आवेदन रद्द भएको छ ।

इमर्जिङ नेपालको आईपीओमा २ हजार ५५२ वटा आवेदन रद्द, ५१ हजार ६७० जनाले पाए आईपीओ

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, पौने २३ लाख आवदेकको हात खाली

आईपीओमा आवेदन परेको कुल २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरमध्ये २८ हजार ३६० कित्ताको आवेदन रद्द भएको हो भने २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयरको माग सदर भएको थियो ।

आईपीओ बाँडफाँडको नतिजा लगानीकर्ताले केही बरेमा नरै हेर्नसक्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ ।

इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँडको नतिजा सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको आईपीओ हेर्नकै लागि बनाईएको वेवसाइट, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेवसाइट, आईपीओ निष्काशनकर्ता कम्पनी इमर्जिङ नेपालको वेवसाइट र मेरो सेयरको आईपीओ भरेको एप्लीकेशन रिर्पोटमा गएर समेत हेर्न सकिने छ । जसका लागि तलका लिङ्कहरु प्रयोग गर्नुहोस् ।

१. https://iporesult.cdsc.com.np/  

२. https://www.nicasiacapital.com/ 

३. https://emergingnep.com/

४. https://meroshare.cdsc.com.np/#/asba

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७८, बुधबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।