शंखमुलमा खुल्यो ‘कोशेली थकाली’, विधार्थीलाई १० प्रतिशत छुट

0
Shares

६० को दशक सुरु भएसँगै नेपाली युवा–यवतीहरु लाखांैको सङख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशीए । खासगरी देशमा ब्याप्त राजनीतिक भद्रगोल, गरीखाने वातावरणको कमी र वेरोजगारीले धेरै युवा वाहिरीए ।

त्यसरी बाहिरने मध्येका एक हुन् निजगढ घर भइ काठमाण्डौ बसोबास गर्दै आएका विनय गौतम । उमेरले ३५ बर्षिय विनय आजभन्दा १३ बर्ष अघि पढ्न र केही अवसरको खाजीमा बेलायत छिरेका हुन् ।

उनले खासगरी वेलायतमा पढ्ने र होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने गरे । उनी भन्छन् ‘मैले बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्म भएर काम गरेँ । कामलाई सानो ठुलो भनिन् ।’

आजै काठमाण्डौको शंखमुल स्थीत आलोकनगरमा ‘कोशेली थकाली’ नामको रेष्टुरेन्ट उद्घाटन गरेका विनयले भने ‘बेलायतको अनुभवले अब उद्यमी भएँ’ । उनले कोशेली थकाली मध्यमस्तरको लगानीमा खोलेको बताए । जसमा ९ जनालाई रोजगारी दिएको उनले बताए । चर्चित नेपाली थकाली ब्राण्डलाई प्रमोशन गर्ने हिसावले थकाली रेष्टुरे्न्ट खोलेको उनी सुनाउँछन् । भन्छन् ‘अग्यानिक हिसावको थकाली खाना र सेकुवा ‘कोशेली थकाली’को मुख्य पहिचान हुनेछ ।’ त्यसका आलवा आफनो रेष्टुरेन्टमा ढिंडो, कालिजको मासु, खशिको भुटन र टाउको, मम, चाउमिन, पेय पदार्थ लगायत नेपालमा चलि आएका धेरैजसो आइटम पाइने बताए ।

विनय भन्छन् ‘हाम्रो रेष्टुरेन्टले गुणस्तरमा कम्प्रोमाइज गर्नेछैन । अजिनोमोटोको प्रयोग हुनेछैन र ओपन किचनको व्यवस्था रहेको छ ।

अग्यानिक खाना खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफनो मुल लक्ष्य रहेको उनले सुनाए । उनले विधार्थीलाई १० प्रतिशत छुट रहेको पनि सुनाए ।

आफुलाई नेपालमा कमाउनु पर्ने केही नभएको र स्वदेशमै केही गरौं, आफुलाई व्यस्त बनाउँ, रोजगारी सिर्जनामा योगदान दिउँ भन्ने आशयले होटल व्यवसाय थालेको उनले सुनाँए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।