हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको शतप्रतिशत लाभांश सम्बन्धीत सेयरधनीलाई वितरण गरेको छ ।
कम्पनीले २१ औं वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर फागुन २ गतेदेखि सेयरधनीहरूको हितग्राही खातामा र २५ प्रतिशत नगद लाभांश फागुन ४ गतेदेखि हितग्राही खातामा उल्लेखित बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत जम्मा गरेको जनाएको छ ।
डिष्टिलरीको पुस २८ गते, बुधबार सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाका लागि कम्पनीले पुस १६ गते शुक्रबार बुकक्लोज गरेको थियाे । बुकक्लोज मिति अनुसार पुस १५ गते बिहीबरसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ता मात्र लाभांश पाउनेछन् ।
साथै कम्पनीले हालसम्मपनि भौतिक रूपमा (कागजी) सेयर भएका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकिकरण भए पश्चात स्वतः सेयरधनीहरूको खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । भौतिक सेयर भएका सेयरधनीहरूलाई सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नारायणचौर, नक्साल वा आफ्नो पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोली आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता अपडेट नगर्ने सेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको क्ष्एक् सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अपडेट गराउन कम्पनीले अनुरोध गरेको छ ।
सेयर प्रमाणपत्रहरू अभौतिकरण नगर्ने सेयरधनीहरूको हकमा बैंक खाता अपडेट र आफुसँग भएको सेयर प्रमाणपत्रहरू अभौतिकरण गराए पछि मात्र सम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, शेयरधनी दर्ता किताब बन्द हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले आफनो सेयर प्रमाणपत्रहरू धितोमा राखी कर्जा सुविधा प्रयोग गर्दै आएको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र (नो अब्जेक्सन लेटर) प्राप्त भए पश्चात् मात्र सम्बन्धित शेयरधनीको हितग्राही खातमा बोनस सेयर जम्मा गरिने र बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले आव २०७०/७१ र २०७१/७२ मा वितरण गरेको नगद लाभांश बुझिलिन बाँकी रहेका सेयरधनीले कम्पनीको सम्पर्क कार्यालय जवलाखेलमा सम्पर्क गर्न भनेको छ ।
कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया