युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम म्याद

0
Shares

युनाइटेड इन्स्योरेन्सले निष्काशन गरेको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

उक्त हकप्रदमा साउन १३ गते सम्म कायम शेयर धनीले असोज ६ गते सोमबारसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

युनाइटेड इन्स्योरेन्सका सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट हकप्रदमा आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने पनि कम्पनीले जनाएको छ ।

युनाइटेडको हाल चुक्ता पूँजी ३० करोड २४ लाख छ । हकप्रद बिक्रीपछि चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख पुग्नेछ ।

हकप्रदपछि शेयर स्वामित्व संस्थापक र सर्वसाधारणको ६०ः४० अनुपातमा हुने कम्पनीले जानकारी दिएको छ ।