विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) को अवसरमा आगामी चैत ७ गते
देखि सप्ताहव्यापी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ ।
आर्थिक सहयोग र विकास संगठनको समन्वयमा चैत ७ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजन गरिन लागिएको हो । यो सप्ताह हरेक वर्ष अर्गनाइजेसन अफ इकनमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनमा मनाउने गरिन्छ ।
नेपालमा पनि याे सप्ताहव्यापी कार्यक्रम मनाउन केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तीय संस्थाहरुलाई आग्रह गरेको छ । बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७८ बमोजिम वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरी सो को जानकारी कार्यक्रम सम्पन्न भएको ७ दिनभित्र गभर्नरको कार्यालय अन्तर्गतको वित्तीय साक्षरता इकाईलाई उपलब्ध गराउन भनेको छ ।
सन् २०१२ देखि मनाउन सुरु गरिएको यो सप्ताह १७५ वटा राष्ट्रका ४ करोड बालबालिका तथा युवामाझ पुगिसेकेको छ । ग्लोबल मनी विकको स्थायी स्लोगान ‘सिक, बचत गर र कमाउ’ रहेको छ भने ग्लोवल मनी विक, २०२२ को स्लोगान ‘विल्ड योर फ्यूचर, वि स्मार्ट अवाउट मनी’ रहेको छ । यस स्लोगानले भविष्य निमार्णमा पैसाको सहि सदुपयोग गर्न अभिप्रेरित गर्दछ ।
सात वटै प्रदेशमा सात दिनसम्म मनाइने ‘ग्लोबल मनि विक’ ले आम जनतामा पैसाको महत्व बुझाउन सहयोग पुग्नेछ । यस सप्ताह अन्तर्गतसहभागीको हैसियतले नेपालले पनि यस वर्ष विभिन्न कार्यक्रम गरी मार्च २२ देखि २८ सम्म मनाउँदैछ । यसमार्फत मुलुकमा वित्तीय शिक्षाको प्रवद्र्धन मार्फत वित्तीय साक्षरता एवं जागरण अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवद्र्धन मार्फत स्वरोजगार सिर्जना, उत्पादन तथा आय अभिवृद्धि गरी अन्ततोगत्वा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया