सिर्जना फाइनान्सको ६० % हकप्रदपछिको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिर्जना फाइनान्सको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले ६० प्रतिशत हकप्रदपछि कम्पनीको मूल्य समायोजन भएको हो। समायोजन पछि कम्पनीको शेयर मूल्य १९२.५० रुपैयाँ कायम भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ । हकप्रदका लागि असोज ६ गते बुक क्लोज मिति तय भएकाले असोज ५ गतेसम्म कायम शेयरधनीले आवेदन गर्न पाउनेछन् ।

कम्पनीले असोज १७ गतेबाट हकप्रद बिक्री गर्दैछ । जसमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।

हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।